Logo २० फाल्गुन २०८२, बुधबार | Wed Mar 4 2026


एमालेले गरेका काम जनतासम्म पुर्‍याउन ‘मिसन ग्रासरुट’ : रायमाझी


208
Shares

अर्घाखाँची । नेकपा (एमाले) का केन्द्रीय सचिव टोपबहादुर रायमाझीले आफ्नो पार्टीले सरकारमा हुँदा गरेका काम जनतासम्म पुर्‍याउने उद्देश्यले ‘मिसन ग्रासरुट’ अभियान सञ्चालन गरिएको बताउनुभएको छ ।

प्रेस चौतारी नेपाल, अर्घाखाँची शाखाले सन्धिखर्कमा आज आयोजना गरेको पत्रकार सम्मलेनमा सचिव रायमाझीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउने एमालेको मुख्य लक्ष्य रहेको बताउनुभयो। उहाँले आउँदो निर्वाचनमा एमालेले बहुमत ल्याउने अभियानका साथ देशभरी ‘मिसन ग्रासरुट’ कार्यक्रम सञ्चालन गर्दै आएको उल्लेख गर्नुभयो ।

एमालेका स्थायी कमिटी सदस्य तथा विदेश विभाग प्रमुख डा राजन भट्टराईले राष्ट्रपतिको निर्वाचनमा पार्टीको ह्वीप नलाग्ने भएकाले राष्ट्रपतिमा सुवास नेम्वाङ विजयी हुने दाबी गर्नुभयो । वर्तमान गठबन्धनका कारण देशमा आर्थिक सङ्कट उत्पन्न भएको उहाँको आरोप थियो ।

पत्रकार सम्मलेनमा एमाले पोलिट्ब्युरो सदस्य सूर्य थापा, विमला घिमिरे, जिल्ला अध्यक्ष पिताम्वर भुसाललगायतको उपस्थिति थियो ।