
बैतडी । सुदूरपश्चिमेलीहरुको मुख्य पर्व गौरा आजदेखि शुरु भएको छ ।
पौराणिक कालमा भगवान शिव लाई पाउनका लागि गौरीदेवी अर्थात पार्वतीले निराहार नित्य आराधना गरेको विश्वास गरिन्छ ।
त्यति बेलादेखि गौरा र महेश्वरको विवाहको सम्झानाका रुपमा यो पर्व मनाउने परम्परा चल्दै आएको पण्डित दयाकृष्ण पन्तले बताए ।
सुदूरपश्चिममा मात्रै नभएर छिमेकी देश भारतको उत्तराखण्डको कुमाउँ प्रदेशमा पनि यो पर्व धुमधामका साथ मनाउने गरिन्छ ।
महिलाले आफ्नो अटल सौभाग्य समृद्धि सन्तान र परिवारमा सुख शान्तिका लागि व्रत बसि पूजाआजा गर्ने मान्यता छ ।
गौरा पर्व विशेष गरेर सुदूरपश्चिम, मध्यपश्चिमका केही जिल्लाहरु र कुमाउँमा मनाइने पर्व हो ।
गौरा पर्ब भाद्र शुक्ल पञ्चमीदेखी अष्टमीसम्म मनाइन्छ ।
व्रत बसी शिव र गौरीको पूजाआजा गर्नाले सुखशान्ति प्राप्त हुने, इष्ट र कुलदेवता प्रसन्न हुने जनविश्वास रहिआएको छ ।
प्रतिक्रिया दिनुहोस्