
काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमण संख्या शून्य पुष्टि भएको छ ।
गत २४ घण्टामा ६६७ जनाको नमूना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
१८९ जनाको पीसीआर र ४७८ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा कसैमा पनि कोरोना संक्रमण पुष्टि भएको छैन ।
आइतबार देशभर २ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका हुन् । १५ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।
त्यस्तै, २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्