३१ श्रावण २०८२, शनिबार | Sat Aug 16 2025


बेपत्ता पारिएका व्यक्तिहरुको अन्तर्राष्ट्रिय दिवस मनाइयो


0
Shares

काठमाडौं, भदौ १४ । अगस्ट ३० अर्थात् बलपूर्वक बेपत्ता पारिएका व्यक्तिहरुको अन्तर्राष्ट्रिय दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाइएको छ ।

बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले बिहीबार काठमाडौंमा गरेको कार्यक्रममा आयोगमा दर्ता भएका उजुरीमाथि अनुसन्धान भइरहेको जानकारी गराइयो ।

आयोगमा ३ हजार १९७ उजुरी दर्ता भएकामा २ हजार ३६९ उजुरीको विस्तृत् छानबिन भइरहेको जानकारी दिइयो ।

अर्घाखाँची, इलाम, ओखलढुंगा, उदयपुरलगायत ४३ जिल्लामा विस्तृत् अनुसन्धानको पहिलो चरणको काम सकिएको पनि आयोगले जनाएको छ ।

हालको कानुनले अन्तरिम राहत र परिपूरणको सिफारिस गर्ने अधिकार आयोगलाई नदिएको भन्दै अध्यक्ष लोकेन्द्र मल्लिकले सरकारले हालसम्म पनि दरबन्दीअनुसारको कर्मचारी उपलब्ध नगराएको गुनासो गरे ।