
नुवाकोट, भदौ १४ । घरको छतबाट खसेर एक महिलाको मृत्यु भएको छ ।
घरको छतबाट फोहर फाल्नेक्रममा बिहीबार विदुर नगरपालिका–१, ढुंगेकी ३० वर्षीया सिर्जना ढुंगानाको मृत्यु भएको हो ।
फोहर संकलन गर्ने गाडी आएपछि उनी फोहर फाल्न घरको छतमा चढेकी थिइन् ।
छतमा कुर्सीमा चढेर फोहर फाल्न खोज्दा ढुंगाना चिप्लिएर सडकमा खसेकी थिइन् ।
गम्भीर घाइते उनको त्रिशूली अस्पतालमा उपचारकाक्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस
प्रतिक्रिया दिनुहोस्