३१ श्रावण २०८२, शनिबार | Sat Aug 16 2025


विश्व कला परिषद एसिया प्रशान्त क्षेत्रको अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा सुरु


0
Shares

काठमाडौं, भदौ १४ । विश्वभरिका हस्तकला तथा शिल्पकलाका कलाकारहरुको साझा संगठन विश्व कला परिषद एसिया प्रशान्त क्षेत्रको अन्तर्राष्ट्रिय सम्मेलन बिहीबारदेखि काठमाडौंमा सुरु भएको छ ।

एसिया प्रशान्त क्षेत्रका शिल्पको संरक्षण, प्रवद्र्धन र कलाकारहरुको जीवनस्तर उकास्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको हो ।

नेपाल सरकार र नेपाल हस्तकला महासंघले आयोजना गरेको सम्मेलनमा कुवेत, बंगलादेश, काजखस्तान, उज्वेकिस्तान, मलेसिया, इन्डोनेसिया, अस्ट्रेलिया, थाइल्यान्डलगायत राष्ट्रका सहभागिता रहेको छ ।

पहिलोपटक भएको सम्मेलनको उद्घाटन प्रदेश नम्बर–३ का मुख्यमन्त्री डोरमणि पौडेलले गरे ।

मुख्यमन्त्री पौडेलले सम्मेलनले विविध संस्कृति, नयाँ कला, शिल्प तथा प्रविधिको आदानप्रदान गर्ने वातावरण सिर्जना हुने र यसले नेपाली हस्तकलाको प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

नेपाल हस्तकला महासंघ झन्डै ३० वर्षदेखि विश्व कला परिषदको नेसनल इन्टिटीकारुपमा रहिआएको छ ।

सम्मेलन यही भदौ १७ गतेसम्म चल्नेछ ।