२१ बैशाख २०८२, आइतबार | Sun May 4 2025


सिन्धुली आइपुगे मेची-महाकाली उल्टो पैदल यात्री


2.379k
Shares

सिन्धुली । गत माघ २३ गतेदेखि नेपालको पूर्व–मेचीको काँकडभिट्टाबाट मेची–महाकालीसम्मको उल्टो पैदल यात्रा सुरु गरेका एक दम्पति १२ औं दिनमा सिन्धुली आइपुगेका छन् ।

पश्चिम बाँकेका ५२ वर्षीय रुपना थारु र उनकी श्रीमती ४९ वर्षीय पतरानी थारुले देशमा शान्ति सुव्यवस्था र समस्त प्राणी जगतको कल्याणको कामना गर्दै मेची महाकाली पैदल यात्रा सुरु गरेको बताएका हुन् । पैदल यात्राका क्रममा रुपना थारुले मेचीदेखि महाकालीसम्म उल्टो पैदल यात्रा गरेका छन्।

रुपनाकी श्रीमती पतरानीले भने सुल्टो यात्रा गरेकी छन् । उनीहरुको यात्रालाई सफल बनाउन मेचीदेखि महाकालीसम्मका विभिन्न स्थानमा स्थानीय वासीन्दाले खानपान र बासको व्यवस्थापन गर्दै आएका छन्।