Logo ११ कार्तिक २०८३, बुधबार | Wed Oct 28 2026


पाँच वर्षमा प्रदेशवासीलाई नमुना राजधानी हस्तान्तरण गछौं : मुख्यमन्त्री गिरी


26
Shares

दाङ, फागुन ३ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले आगामी पाँच वर्षमा प्रदेशवासीलाई नमुना राजधानी शहर हस्तान्तरण गर्ने बताउनुभएको छ ।

प्रदेश स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री गिरीले आगामी पाँच वर्षमा प्रवेशबासीलाई नमुना राजधानी शहर हस्तान्तरण गर्ने बताउनुभयो ।

‘समृद्ध प्रदेश आत्मनिर्भर जनता’ को अभिभारा पुरा गर्न लागिपरेको भन्दै मुख्यमन्त्री गिरीले सरकारको अभियानमा जोडिन सबैलाई आग्रह गर्नुभयो । ‘मिनी नेपालका रुपमा रहेको लुम्बिनी प्रदेशलाई मुलुककै उत्कृष्ट र नमुना प्रदेश बनाउने अभियानमा सरकार लागिपरेको छ । हामी आगामी पाँच वर्षभित्र पूर्वाधार सम्पन्न र जनतालाई समृद्ध र आत्मनिर्भर बनाउने गरी काम गरिरहेका छौं’, मुख्यमन्त्री गिरीले भन्नुभयो, ‘नागरिकलाई परिवर्तनको आभाष दिलाउने गरी काम गर्छौं ।’

प्रदेशको समृद्धिका आधार खोजी गर्दै सरकार अगाडि बढ्ने प्रतिबद्धता जनाउँदै मुख्यमन्त्री गिरीले भन्नुभयो, ‘प्रदेशको समृद्धिका आधारको खोजी गर्दै सरकार अगाडि बढ्ने छ । कृषि र पर्यटनको माध्यमबाट आर्थिक समृद्धिको आधार खडा गरेर लुम्बिनीलाई समृद्ध र समुन्नत प्रदेश बनाउने छौं ।’

संघीयता कार्यान्वयनका लागि प्रदेश सरकारका पाँच वर्ष उपलब्धीमूलक रहेको बताउँदै मुख्यमन्त्री गिरीले भन्नुभयो, ‘पूर्वाधार र कानुनको अभावमा शून्यबाट कार्य प्रारम्भ गरेको प्रदेश सरकारले पाँचवर्षमा ७२ वटा कानुन निर्माण गरेको छ । प्रदेशवासीले अपनत्व महसुस गर्नेगरी प्रदेशको राजधानी र नामाकरण टुंगो लगाएका छौं । संघीयता कार्यान्वयनसँगै अब विकास र समृद्धिको यात्रालाई तीब्ररुपमा अगाडि बढाउँछौं ।’

Skip This