
काठमाडौं । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास बिमस्टेकको चौथो शिखर सम्मेलन काठमाडौंमा शुरु हुँदैछ ।
होटल सोल्टीमा प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो ३ बजे बिमस्टेक चौथो शिखर सम्मेलनको उद्घाटन गर्ने कार्यक्रम छ ।
सम्मेलनमा भाग लिन बिहीबार मात्र तीन देशका प्रमुखहरु नेपाल आइपुगे ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेद र थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान ओ चा आजै बिहान काठमाडौं आइपुगेका हुन ।
उनीहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले स्वागत गरे ।
नेपाली सेनाको एउटा टुकडीले उनीहरुको सम्मानमा सम्मान गारतसमेत अर्पण गरेको थियो ।
विशिष्ट अतिथिहरुको सवारी चलाउँदा उपत्यकाको ट्राफिक व्यवस्था भने अस्तव्यस्त बनेको छ ।
भीआईपीको सवारीका क्रममा सर्वसाधारणलाई पैदलसम्म हिड्न रोक लगाइएको थियो ।
यातायातको साधन नचल्दा अधिकांश हिडेरै गन्तव्यमा पुग्न बाध्य थिए ।
अथितिहरु आउँदा हवाइ गस्ती गरिएको थियो भने सडक खाली गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्