
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सचिव देवेन्द्र पौडेलले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने कामको नेतृत्व नेकपा (एमाले)ले लिनुपर्ने बताउनुभएको छ ।
आइतबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै सचिव पौडेलले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने कामको नेतृत्व एमालेले गर्दा राम्रो हुने धारणा राख्नुभएको हो ।
उहाँले एमालेको लागि झनै राष्ट्रिय सहमति आवश्यक भएको तर्क गर्नुभयो । उहाँले गठबन्धनलाई जोगाउँदै अन्य दललाई पनि गठबन्धनमा सामेल गर्नु आवश्यक रहेको बताउनुभयो ।
प्रधानमन्त्री पुष्पकमल दाहालले गठबन्धन जोगाउनका लागि सबैसँग छलफल गरिरहनुभएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्