२१ बैशाख २०८२, आइतबार | Sun May 4 2025


थप २ जनामा कोरोना संक्रमण


39
Shares

काठमाडौं । थप २ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा १ हजार ५ सय ६४ जनाको नमूना परीक्षण गरिएको थियो ।

३१५ जनाको पीसीआर र १३४९ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा २ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

आइतबार देशभर ४ जना सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै, २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु भएको छैन ।