३० श्रावण २०८२, शुक्रबार | Fri Aug 15 2025


चितवन निकुञ्जमा हात्तीको आक्रमणबाट माहुतेको मृत्यु


0
Shares

                               प्रतीकात्मक तस्वीर

चितवन, भदौ १४ । चितवन राष्ट्रिय निकुञ्जले पालेको हात्तीको आक्रमणबाट एक कर्मचारीको मृत्यु भएको छ ।

मोती प्रसाद ‘ख’ नामको हात्तीलाई घाँस काट्न हात्तीसँगै गएका माहुते मुखरीलाल सरदारलाई हात्तीले आक्रमण गरेको हो । सुनसरीको कोशी गाउँपालिका–८ स्थित कुशहनी निवासी २७ वर्षीय सदरदार भदौ ५ गते माहुतेमा करारमा नियुक्त भएका थिए । 

सरदारलाई आज बिहान हात्तीले सुढले हानेर मारेको चितवन प्रहरीले जानकारी दिएको छ । उनीसँगै गएका अर्का एक जना कर्मचारी रुखमा चढेर ज्यान जोगाएका थिए ।