Logo ९ माघ २०८२, शुक्रबार | Sat Jan 24 2026


चिकित्सकलाई कुटपिट गरेकाे विराेधमा चक्काजाम


442
Shares

काठमाडौं । राष्ट्रपति सवारीका बेला सडकमा हिँडेको भन्दै चिकित्सकमाथि कुटपिट भएकाे छ ।

राष्ट्रिय ट्रमा सेन्टरका चिकित्सक डा. जनित सिंहलाई प्रहरीले कुटपिट गरेकाे हाे ।

शुक्रबार अपराह्न राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका बेला डिउटीमा आइरहेका डा सिंहलाई वीर र ट्रमाको बीचमा प्रहरीले कुटपिट गरेको हाे ।

ट्रमा सेन्टरका शाखा अधिकृत नवराज गौतमका टाउकोमा टुटुल्को उठ्ने गरी नै प्रहरीले डा सिंहलाई कुटपिट गरेका छन् ।

‘दुवै अस्पतालको चिकित्सकहरु जम्मा भएका छन् । विरोध चलिरहेको छ । प्रहरीहरु आएर छलफल गरिरहेका छन्,’ उहाँले भन्नुभयाे । विरोधको क्रममा चिकित्सक तथा कर्मचारीहरूले आधा घण्टासम्म सडकमा चक्काजाम समेत गरेकाे उहाँले बताउनु भयाे ।

संघीय संसद्को संयुक्त सदनलाई सम्बोधन गरेर राष्ट्रपति भण्डारी फर्कने क्रममा वीर अस्पताल बाहिर हिँडिरहेका चिकित्सक सिंहलाई त्यहाँ सुरक्षामा खटिएका प्रहरीले लाठीचार्ज गरेका थिए ।