
एजेन्सी । आठौं संस्करणको आईसीसी महिला टी–ट्वान्टी विश्वकप शुक्रबारदेखि सुरु हुँदैछ ।
दक्षिण अफ्रिकामा आयोजना हुने विश्वकपको उद्घाटन खेलमा आयोजक दक्षिण अफ्रिका र श्रीलंका खेल्दै छन् ।
केपटाउनको न्युल्याण्डस्मा हुने खेल नेपाली समयअनुसार राति १०ः४५ बजेबाट सुरु हुनेछ ।
दक्षिण अफ्रिका र श्रीलंका देशबीचको पछिल्लो पाँच टी–ट्वान्टी अन्तराष्ट्रियमा दक्षिण अफ्रिका पाँच खेलमा नै अपराजित रहेको छ ।
विश्वकप क्रिकेट प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ । सहभागी १० टोलीलाई ५/५ टोलीको दुई समूहमा विभाजन गरिएको छ ।
समूह ‘ए’ मा आयोजक दक्षिण अफ्रिका, साबिक बिजेता अष्ट्रेलिया, श्रीलंका, बंगलादेश र न्युजिल्याण्ड रहेका छन् । यस्तै, समूह ‘बी’ मा दुई पुर्व विजेताहरु इंग्ल्याण्ड र वेस्ट इण्डिज, आयरल्याण्ड, भारत र पाकिस्तान रहेका छन् ।
दुई समूहमा शीर्ष दुई टिम सेमिफाइनल प्रवेश गर्ने छन् । प्रतियोगिता २६ फेब्रुअरीसम्म जारी रहने छ ।
प्रतिक्रिया दिनुहोस्