२५ जेष्ठ २०८२, आइतबार | Sun Jun 8 2025


देशमा आज पश्चिमी वायुको प्रभाव


156
Shares

काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।

शुक्रबार बिहान देशका पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रहेको छ । त्यस्तै, बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ । त्यस्तै, तराईका केही भू-भागमा बिहानीपख हुस्सु र कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

शुक्रबार दिउँसो भने प्रदेश-१, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली हुनेभएको छ । त्यस्तै, देशका बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। त्यस्तै, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

शुक्रबार राति भने प्रदेश-१, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली हुनेछ । त्यस्तै, देशका बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । त्यस्तै, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना भएको महाशाखाले जनाएको छ।