३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025


विप्लव नेतृत्वकाे पार्टीद्वारा देशव्यापी विरोध प्रदर्शनकाे घाेषणा


416
Shares

काठमाडौं । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले देशव्यापी विरोध प्रदर्शन घाेषणा गरेकाे छ ।

बुधबार काठमाडौंमा केन्द्रीय समिति बैठकका निर्णय सार्वजनिक गर्दै पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्माले फागुन ५ र १५ गते देशव्यापी विरोध प्रदर्शन गर्ने घाेषणा गर्नुभएकाे हाे ।

प्रवक्ता विश्वकर्माले महंगी र चर्को व्याजदरविरुद्ध देशव्यापी विरोध प्रदर्शन गर्न लागिएकाे जानकारी दिनुभयाे ।

उहाँले भन्नुभयाे, ‘मिटरब्याज, बैंक तथा लघुवित्तको चर्को ब्याजदरविरुद्ध ५ गते र चर्को महंगीविरुद्ध १५ गते देशव्यापी विरोध प्रदर्शन गर्नेछौं ।’

उहाँका अनुसार बैठकले जन आधारित पार्टी र जन आधारित नेता कार्यकर्ता भन्ने नीति समेत पारित गरेको छ ।