Logo १२ भाद्र २०८३, शुक्रबार | Fri Aug 28 2026


रूस-युक्रेन युद्ध थप चर्किए विश्व नै वृहत युद्धमा फस्छ: राष्ट्र संघ


299
Shares

एजेन्सी । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले रुस–युक्रेन युद्ध थप चर्किए विश्व नै एउटा वृहत युद्धमा फस्ने चेतावनी दिनुभएको छ ।

राष्ट्र संघीय महासभामा बोल्ने क्रममा उहाँले युक्रेनमाथिको हमलाले युक्रेनी जनता मात्रै नभई विश्वले नै ठूलो पीडा भोग्नु परिरहेको बताउनुभएकाे हाे। अहिले पनि युद्ध रोकिने संकेत नदेखिएको उहाँले बताउनुभयाे।

अब विश्वले आँखा खोलेर हेर्नुपर्ने बेला आएको भन्दै उहाँले कतिन्जेल टुलुटुलु रक्तपात हेर्ने भन्दै प्रश्न समेत गर्नुभयो। यसैबीच, पूर्वी युक्रेनको दोनेत्स्कका गभर्नरले आफ्नो क्षेत्रमा पछिल्लो समय युद्ध चर्किने सम्भावना देखिएको बताउनुभएको छ ।

रुसले आफ्नो सेनालाई थप वृहत रुपमा संगठित गरिरहेको पनि उहाँले बताउनुभएको छ ।