काठमाडौं, भदौ १३ । मंगलबार झिनो अंकले सकारात्मक रहेको सेयरबजार बुधबार पुनः ओरालो लाग्यो ।
निरन्तर ‘वियरिष ट्रेन्ड’मा रहँदै आएको सेयरबजार मंगलबार नयन्य अंकले हरियो रहे पनि यसदिन पुनः ओरालो लागेको हो ।
नेप्से झन्डै ५ अंकले झरेर ११ सय ७२ मा आएर थामियो । यसदिन कारोबार भएका सबै समूह ऋणात्मक रहे ।
जीवनबिमा समूह सबैभन्दा उच्च ३८ अंकले झर्यो । निर्जीवन बिमा समूह पनि २८ अंकले ओरालो लाग्यो । उत्पादनमूलक समूहमा पनि दोहोरो अंकको गिरावट आउँदा अरु समूह सामान्य अंकले रातो रहेका हुन् ।
यसदिन नेपाल स्टक एक्सचेन्जमा १६३ कम्पनीका ६ लाख बराबर कित्ता सेयर जम्मा १९ करोड २२ लाख रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्