
काठमाडौं, भदौ १३ । यही भदौ १ गतेदेखि लागू भएको देवानी संहिता तथा फौजदारी संहिता सम्बन्धमा सरोकारवालाहरुबीच बुधबार छलफल भएको छ ।
राजधानीमा गरिएको एक कार्यक्रमका सहभागीहरुले संशोधित कानुनले समानताको सिद्धान्तलाई धेरै हदसम्म अंगालेको बताए ।
छाउपडी, महिला निजी सम्पत्तिको हक, छोरीलाइ अंश, विधुवाको सम्पत्तिमा हक, घरेलु कामदारको व्यवस्था, बालविवाह, बहुविवाहलगायतका विषयलाई पनि संहिताले समेटेको उनीहरुको भनाइ थियो ।
कार्यक्रममा राष्ट्रियसभाका सांसद एवं अधिवक्ता राधेश्याम अधिकारीले अहिलेको कानुन सूक्ष्मरुपमा अध्ययन गर्न बाँकी रहेको तर व्यवहारमा लागू हुँदै जाँदा आवश्यक परे परिमार्जन गर्दै जान सकिने बताए ।
प्रतिक्रिया दिनुहोस्