काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य उमेश श्रेष्ठले रवि लामिछानेकाे सांसद पद खारेज भएकाेले आफूलाई स्वत: निर्वाचित गर्न माग गर्नु भएकाे छ ।
आइतबार पत्रकार सम्मेलन गरी उहाँले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेको उम्मेदवारी नै अवैध भएकाले आफू स्वतः निर्वाचित भएको दाबी गर्नुभयाे ।
सो क्षेत्रबाट ४९ हजार २६४ मत ल्याएर निर्वाचित भएका लामिछाने पदमुक्त भएपछि दोस्रो धेरै मत ल्याउने आफूलाई निर्वाचित घोषणा गर्नु पर्ने उहाँकाे माग छ ।
उहाँले आयोगले आफ्नो पक्षमा निर्णय नलिए सर्वोच्च अदालत जाने समेत चेतावनी दिनु भयाे । उहाँले भन्नुभयाे, ‘वैधानिक उम्मेदवारमध्ये सबैभन्दा बढी मत प्राप्त गर्ने म हुँ । यो तथ्यलाई निर्वाचन आयोगले अस्वीकार गर्न मिल्दैन ।’




प्रतिक्रिया दिनुहोस्