
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।
आइतबार बिहान देशको पहाडी भू-भागमा भने आंशिक बदली रहेको छ । साथै तराईका अधिकांश भू-भागहरुमा भने हुस्सु र कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आइतबार दिउँसो भने प्रदेश-१ का पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली हुनेछ । त्यस्तै, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली हुने भएको छ। बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा रहनेछ । त्यस्तै, प्रदेश-१ को हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
आइतबार राति भने देशका पहाडी भू-भागमा आंशिक बदली हुने भएको छ । त्यस्तै, बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा हुने महाशाखाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्