
सिन्धुली, भदौ १३ । सिन्धलीको कमलामाई नगरपालिका–१, डाँडीमा बुधबार एक सवारी दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ ।
देवीरमण कन्स्ट्रक्सन कम्पनीको बा२क ३२०५ नम्बरको जेसीभी दुर्घटना भएको हो ।
दुर्घटनामा ज्यान गुमाउनेमा जेसीभीका चालक धनुषाको मिथिला नगरपालिका–१० का सन्तोष रिजाल र सहचालक सिन्धुली, तीनपाटन गाउँपालिका–५ का कमल बोगटी रहेका छन् ।
तीव्रगतिका कारण दुर्घटना भएको अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्