Logo ११ बैशाख २०८३, शुक्रबार | Sat Apr 25 2026


कृष्णबहादुर महराले भने – रास्वपालाई धैर्यता अपनाउनु पर्छ


442
Shares

काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले धैर्यता अपनाउन पर्ने बताउनु भएकाे छ।

पार्टी स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै महराले गृह मन्त्रालयका विषयमा रास्वपाले केही समय धैर्यता अपनाउन पर्ने बताउनु भएकाे हाे।

उहाँले भन्नुभयाे, ‘मुद्दा सकिएको छैन । के गर्ने भन्ने निर्णय गर्न बाँकी छ । रास्वपाले धैर्य गर्नुपर्छ।’

राष्ट्रिय स्वतन्त्र पार्टीले गृह मन्त्रालय आफूहरुले पाउनुपर्ने माग गर्दै आएको छ तर माओवादी केन्द्रकाअध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले दिन मानिरहनु भएकाे छैन ।