
काभ्रे । काभ्रेमा बसको ठक्करबाट एक बालिकाको मृत्यु भएकाे छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार बसको ठक्करबाट नमोबुद्ध नगरपालिका-७ भकुण्डेमा ८ वर्षीया दिबिसा अधिकारीकाे मृत्यु भएको हाे ।
बनेपाबाट खार्पाचोक जादै गरेको बा २ ख ७३४२ नम्बरको बसले बालिका अधिकारीलाई ठक्कर दिँदा घटनास्थलमै निधन भएको हो ।
आक्रोशित स्थानीयले ठक्कर दिने बसमा आगजनी गरेका छन् । साथै उनीहरुले न्यायकाे माग गर्दै राजमार्ग समेत ठप्प पारेका छन् ।
प्रतिक्रिया दिनुहोस्