Logo ४ मंसिर २०८२, बिहिबार | Thu Nov 20 2025


बाँदरले उठिबास लगाएको भन्दै क्षतिकाे अध्ययन गर्न सांसदकाे माग


91
Shares

काठमाडौं । गाउँमा बाँदरले उठिबास लगाएको भन्दै क्षतिको अध्ययन र राहतको व्यवस्था गर्न सांसदले माग गरेका छन् ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा शून्य समयमा बोल्दै नेकपा एमालेका सांसद ईश्वरबहादुर रिजालले दोलखाका गाउँमा बाँदरले उठिबास लगाएको भन्दै क्षतिको अध्ययन गर्न र राहतको व्यवस्था गर्न माग गर्नु भएकाे हाे ।

‘दोलखामा बाँदरको गतिविधि बढेको छ । मान्छेहरूले कमाइ खेती छोडेका छन् । त्यहीकारण बसाइँसराइ बढिरहेको छ,’ उहाँले भन्नुभयाे, ‘बाँदरको साम्राज्य बढ्दा खेती कमाइ गरिखाने किसानको उठिबास लागेको छ । यसबारे सरकारले एउटा अध्ययन टोली बनाओस्, क्षतिको मूल्यांकन गरेर राहतको व्यवस्था गरोस् ।’