Logo ८ आश्विन २०८३, बिहिबार | Thu Sep 24 2026


‘जनतालाई शुद्ध पानी वितरण गर्ने सरकारको दायित्व हो’


26
Shares

काठमाडाैं । खानेपानी मन्त्री अब्दुल खानले सरकारको पहिलो प्राथमिकता जनतालाई शुद्ध पानी वितरणमा पहल गर्ने बताउनुभएको छ ।

बाँके र बर्दिया जिल्लामा स्थापना भएका खानेपानी तथा उपभोक्ता समितिबाट वितरण भएका विभिन्न खानेपानी योजनाको आज यहाँ अनुगमन तथा निरीक्षण गर्दै मन्त्री खानले खानेपानीका योजना धेरै भएको तर गुणस्तरीय नभएको हुँदा यसलाई तत्कालै सुधार गर्नका लागि पहल गर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “उपभोक्तालाई सरकारी संयन्त्रमार्फत बोतल र जार सहुलियत दरमा उपलब्ध गराउने योजना छ, सबै नागरिकले शुद्ध पानी सेवन गर्न पाउनेछन् । पश्चिम क्षेत्र जलस्रोतले धनी रहे पनि यहाँका खानेपानी सिँचाइलगायतका सेवा प्रभावकारी नभएकाले यसबारे अध्ययन गरी त्यसको पहल गर्न आवश्यक रहेको उहाँले बताउनुभयो ।

बाँके बैजनाथ गाउँपालिका–७ का वडाध्यक्ष दिनेशकुमार थारुले विशेषगरी विद्यालयमा शुद्ध खानेपानीको व्यवस्था गर्न मन्त्री खानको ध्यानाकर्षण गराउनुभयो ।