वीरगञ्ज । वीरगञ्जको मालपोत कार्यालय परिसरबाट ८ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा दीपककुमार पटेल, सन्तोषकुमार राउत, राजकुमार साह, सुशीलकुमार साह, शुभनारायण महतो कोइरी, धमेन्द्रकुमार सहनी, सञ्जय चौहान र हरिओम गुप्ता रहेका छन् ।
सेवाग्राहीलाई हैरानी दिएको भन्दै प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक निर्मल बुढाथोकीले मालपोत कार्यालयमा आएका सेवाग्राहीहरूलाई काम छिटो गराइदिन्छु भनेर बार्गेनिङ गरेको गुनासो आएपछि उनीहरुलाई पक्राउ गरिएकाे बताउनु भयाे ।





प्रतिक्रिया दिनुहोस्