Logo ३ कार्तिक २०८३, मंगलबार | Tue Oct 20 2026


खानेपानी मन्त्री खानंद्वारा जिल्ला कारागार बर्दियाकाे अनुगमन


689
Shares

बर्दिया । जनमत पार्टीका उपाध्यक्ष तथा संघीय खानेपानी मन्त्री अब्दुल खानंले गृह जिल्लामा रहेकाे जिल्ला कारागार बर्दियाकाे अनुगमन गर्नुभएकाे छ ।

अनुगमनकाे क्रममा खानेपानी मन्त्री खानंले कारागार भित्र खानेपानी तथा सरसफाईकाे अवस्था बारे जानकारी लिनु भएकाे थियाे। साथै उहाँले कारागार भित्रकाे अवस्था जाचंबुझ गर्दै कैदीहरुकाे गुनासाे समेत सुन्नु भएकाे थियाे।

अनुगमन पश्चात सञ्चारकर्मीसँग कुरा गर्दै खानेपानी मन्त्री खानंले जनताको मौलिक हकसँग जोडिएको खानेपानी र सरसफाइ क्षेत्रसंग सम्बन्धित आयोजनाहरुलाई कार्यान्वयन गर्न मन्त्रालय अघि बढिरहेको बताउनु भयाे ।

विशेषगरी तराई क्षेत्रमा देखिएको आर्सेनिक लगायतका समस्या समाधान गर्न विशेष याेजना बनाएर मन्त्रालय अघि बढ्ने समेत उहाँले बताउनु भयाे ।

खानेपानी विनाकाे जिवनकाे कल्पना समेत गर्न नसकिने बताउँदै मन्त्री खानंले अब सरकारले पनि बाेतल र जारबाट खानेपानी उत्पादन गर्ने याेजना बनाइ कार्यन्वयन गर्ने बताउनु भयाे ।

अनुगमन टाेलीमा बर्दियाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) बन्धु प्रसाद बास्ताेला लगायतकाे सहभागिता रहेकाे थियाे ।

Skip This