३० श्रावण २०८२, शुक्रबार | Fri Aug 15 2025


बिमस्टेकका लागि भुटानका प्रधानन्यायाधीश छिरिङ वाङ्चुक आइपुगे


0
Shares

काठमाडौं । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगको लागि बंगाल खाडीको प्रयास अर्थात बिमस्टेकको चौथो शिखर सम्मेलनमा सहभागी हुन सदस्य राष्ट्रका कार्यकारी प्रमुखहरु काठमाडौं आउने क्रम जारी छ ।

बिहीबार र शुक्रबार काठमाडौंमा हुने सम्मेलनमा भाग लिन आज बिहान भुटानका प्रधानन्यायाधीश तथा अन्तरिम सरकारका प्रमुख सल्लाहकार छिरिङ वाङ्चुक काठमाडौं आइपुगेका छन् ।

उनलाई उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे ।

लगत्तै नेपाली सेनाले वाङ्चुकको सम्मानमा सलामी दिएको थियो । श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेना पनि आजै नेपाल आउँदै छन् ।

यसअघि हिजो म्यानमारका राष्ट्रपति विन मिन्ट काठमाडौं आइपुगे ।

बिमस्टेकको सम्मेलन हुने दिन अर्थात् भोलि तीन देशका कार्यकारी प्रमुख नेपाल आउँदै छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, बंगलादेशका प्रधानमन्त्री शेख हसिना वाजेद र थाइल्याण्डका प्रधानमन्त्री प्रायुट चान ओ चा नेपाल आउनेछन् ।