२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


यती एयरलाइन्स विमान दुर्घटना : ६ जनाको शव पहिचान हुन बाँकी


117
Shares

काठमाडाैं । पोखरामा यती एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएकामध्ये ६ जनाको शव पहिचान हुन बाँकी रहेको छ । काठमाडौं ल्याइएका ४८ मध्ये छ जनाको शव पहिचान हुन बाँकी रहेको त्रिवि शिक्षण अस्पतालले जनाएको छ ।

अस्पतालका फरेन्सिकविद् डा तुलसी कँडेलले फरेन्सिक र फिङगर फ्रिन्टबाट ४२ जनाको शव पहिचान गरिएको बताउनुभयो । ६ जनाको शव अब ‘डीएनए’ परीक्षणबाट पहिचान गरिने उहाँले बताउनुभयो ।

नेपाल प्रहरीको प्रयोगशालामा शवको ‘डीएनए’ परीक्षण गरिने छ । उनले ‘डीएनए’ परीक्षणका लागि मृतक र मृतकका नातेदारको नमुना संकलन गर्ने कार्य भइरहेको उहाँले जानकारी दिनुभयो ।