Logo ९ चैत्र २०८२, सोमबार | Tue Mar 24 2026


आगामी शैक्षिकसत्रमा पाठ्यपुस्तक अभाव हुन नदिने मन्त्रीको प्रतिबद्धता


91
Shares

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनालले आगामी शैक्षिकसत्र २०८० मा पाठ्यपुस्तक अभाव हुन नदिने प्रतिबद्धता जनाउनुभएको छ ।

आफूले भर्खरै शिक्षा मन्त्रालयको वागडोर सम्हाले पनि पाठ्यपुस्तक छपाइ र कागजको अवस्थाको बारेमा जानकार रहेको उहाँको भनाइ छ ।

राष्ट्रिय सभाको दिगो विकास तथा शुसासन समितिले हिजो सोमबार सरोकारवालासँग गरेको छलफलमा मन्त्री खनालले जीटूजी गरेर वा विशेष निर्णय गरेर भए पनि कागज अभाव हुन नदिने र नयाँ शैक्षिकसत्रमा सबै विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पु¥याउने दाबी गर्नुभयो ।

जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका अध्यक्ष एवं शिक्षा सचिव रामकृष्ण सुवेदी र जनक शिक्षा सामग्री संस्थान लिमिटेडका प्रबन्ध सञ्चालकसँगै राखेर मन्त्री खनालले भन्नुभयो– ‘आगामी शैक्षिकसत्रका लागि पाठ्यपुस्तक अभाव हुन दिनेछैनौं ।’ उहाँले आफूले पाठ्यपुस्तक छपाइको अवस्थाबारे जनक शिक्षासँग लगातार जानकारी लिइरहेको समितिलाई जानकारी गराउनुभयो ।

यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।