२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


होण्डा साइन र होण्डा ग्राजियामा दुई आकर्षक उपहार योजना


442
Shares

काठमाडौं । होण्डा टु व्हीलर्सको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनीले आफ्ना बाइक होण्डा साइन र होण्डा ग्राजियामा दुई आकर्षक उपहार योजना ल्याएको छ ।

योजना अनुसार, ग्राहकले अर्डर गरेको होण्डा साइनको कुनै पनि पार्टस् ९९ घण्टाभित्र पाउने भएका छन् ।

यदि उक्त समयभित्र पार्टस् आइपुगेन भने ग्राहकले आफूले चाहेको रकम मात्र तिर्न सक्ने छन् । छिटो सर्भिसको ग्यारेन्टीसहित लागतमा सुविधाको वैकल्पिक अफरकारुपमा यो योजना ल्याइएको कम्पनीले जनाएको छ ।

यस्तै, नयाँ होण्डा ग्राजिया खरिद गर्ने ग्राहकले १ रूपैयाँमा ३ वर्षकालागि सर्भिसिङ र स्पेयर पार्ट्सको लाभ लिन सक्ने कम्पनीले जनाएको छ ।