Logo ३ कार्तिक २०८३, मंगलबार | Wed Oct 21 2026


न्यायका लागि आन्दाेलन गरिरहेकी रुबी खान पक्राउ


91
Shares

काठमाडाैं । बाँकेकी निर्मला कुर्मीलाई न्यायको माग गर्दै आन्दोलनरत रूबी खानसहितका अधिकारकर्मीलाई प्रहरीले पक्राउ गरेको छ।

सोमबार माइतीघरबाट र्‍यालीसहित अगाडि बढिरहेको बेला प्रहरीले खानसहितका अभियन्ताहरूलाई पक्राउ गरेको हो।

बबरमहलअगाडि प्रदर्शन गरिरहेका बेला खानलगायतका अधिकारकर्मीलाई पक्राउ गरिएको हो । काठमाडौं जिल्ला अदालत अगाडिबाट रुबी खानसहित ७ जना पक्राउ परेको बताइएको छ ।

अहिले उनीहरूलाई सिंहदरबारस्थित प्रहरी कार्यालयमा राखिएको छ ।

निर्मला कुर्मी हत्याको छानबिनका लागि न्यायिक आयोग गठनको माग गर्दै २४ दिनदेखि चलिरहेको धर्नालाई शक्ति र समर्थन दिन आफूहरू माइतीघर भेला भएको अभियन्ताहरूले बताएका छन्।

Skip This