
काठमाडौं । बार्सिलोना र रियल मड्रिड स्पेनिस कोपा डेल रे फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
बिहीबार राति भएका खेलहरूमा उपाधि दाबेदार क्लबहरु बार्सिलोना र रियलले आफ्ना प्रतिद्वन्द्वीलाई हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेका हुन् ।
तेस्रो श्रेणीको क्लब किउटालाई ५–० ले हराउँदै बार्सिलोना क्वार्टरफाइनलमा पुगेको हो । किउटाको मैदानमा भएको खेलमा बार्सिलोनालाई विजयी गराउन रोबर्ट लेवान्डोस्कीले दुई गोल गर्दा राफिन्हा, अंसु फाती र फ्रान्क केइसीले एक एक गोल थपे ।
खेलको ४१ औं मिनेटमा राफिन्हाले गोल गर्दे बार्सिलोनालाई अग्रता दिलाएको दिलाए । ५० औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर बनाए । ७० औं मिनेटमा फातीले गोल गर्दै बार्सिलोनालाई ३–० को अग्रता दिलाए । ७७ औं मिनेटमा केइसीले गोल गर्दै बार्सिलोनाको अग्रता ४–० को बनाए । त्यसपछि ९० औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बार्सिलोनालाई ५–० को सहज जित दिलाए ।
बिहीबार राति भएको अर्को खेलमा भिल्ला रियललाई ३–२ ले हराउँदै रियल मड्रिड पनि क्वाटरफाइनलमा पुगेको छ ।
रियलले दुई गोलको अग्रता उल्टाएर जित निकालेको हो ।
खेलको चौंथो मिनेटमा इटिने कपौएले गोल गर्दै भिल्लालाई अग्रता दिलाएका थिए । ४२ औं मिनेटमा सामुएल चुक्वेजेले गोल गर्दै भिल्लाको अग्रता दोब्बर बनाए ।
५७ औं मिनेटमा भिनिसियस जुनियरले गोल गर्दै रियललाई २–१ को स्थितिमा ल्याए । ६९ औं मिनेटमा इडर मिलिटाओले गोल गर्दै रियललाई २–२ को बराबरीमा ल्याए । त्यसपछि खेलको ८६ औं मिनेटमा डानी सेबालोसले गोल गर्दै रियललाई ३-२ को जित दिलाए ।
प्रतिक्रिया दिनुहोस्