२१ असार २०८२, शनिबार | Sat Jul 5 2025


नेपाल भेटेरिनरी एशोसिएसनले प्रोटिनजन्य पदार्थकाे जनचेतना फैलाउन प्रतियाेगिता आयाेजना गर्दै


13
Shares

काठमाडाैं । नेपाल भेटेरिनरी एशोसिएसनले प्रोटिन माथिको अधिकारको मर्मलाई आत्मसात गर्दै प्रोटिनजन्य पदार्थमा पहुँच बढाउन जनचेतना फैलाउने उद्देश्यले विभिन्न प्रतियाेगिताहरु आयाेजना गर्न लागेकाे छ ।

नेपाल भेटेरिनरी एशोसिएसनले माघ ७ गते शनिबार विहान ७ बाजे काठमाडौमा “Right to Protein Run” हाफ म्याराथन सहित विभिन्न विधाका दौड प्रतियोगिता आयोजना गर्न लागेकाे हाे।

दशरथ रंगशालाबाट सुरु भई सोही स्थानमा आई समापन हुने सो दौड कार्यक्रमका विजयीहरुलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुरस्कार वितरण गरिने एशोसिएसनका अध्यक्ष डा. सितलकाजी श्रेष्ठले जानकारी दिनुभयाे ।

सो दौड कार्यक्रममा विभिन्न विधामा गरी करिव ५ हजार ब्यक्ति सहभागी हुने अनुमान गरिएको उहाँले बताउनु भयाे ।

यो म्याराथन गत वर्ष आयोजना भएको Right for Protein हाफ म्याराथनको दोस्रो संस्करण भएको आयाेजकले जनाएकाे छ ।

गत वर्षको हाफ म्याराथनमा महिला तर्फ सन्तोषि श्रेष्ठ र पुरुष तर्फ तिर्थ पुन प्रथम हुनुभएको थियो ।

यस प्रतियोगितामा खुला हाफ म्याराथान, पुरुष १० कि.मि., महिला ५ कि.मि., १२ कक्षासम्मका विद्यार्थीलाई ५ कि.मि. (पुरुष) र ३ कि.मी. (महिला) र फरक क्षमता भएका व्यतिहरुको लागि ह्विलचेयर (Wheel Chair- Male/Female) विधाका दौडहरु समावेश गरिएका छन् ।

यस कार्यक्रमको जम्मा पुरस्कार राशी करसहित १४ लाख ८३ हजार ३३३ रहेको छ । हाफ म्याराथनमा प्रथम पुरस्कार विजेताको पुरस्कार राशि कर सहित १ लाख ३३ हजार ३३३ रहेको छ भने पाँचाैँ स्थानसम्म प्राप्त गर्नेलाई पुरस्कारको व्यवस्था रहेको छ । आफुले भाग लिएको विधामा दौड पुरा गर्ने सबै प्रतियोगीलाई मेडलको व्यवस्था गरिएको छ ।

यस प्रतियोगितामा खेलाडीहरुको सुुविधाका लागि १२ ठाउँमा पानी र प्राथमिक उपचारको व्यवस्था गरिएको हुने छ। आकस्मिक सेवाको लागि ७ वटा एम्बुलेन्सहरु रहनेछन् र प्रतियोगिताको व्यवस्थापनको लागि ३०० जना स्वयं सेवकहरु परिचालन गरिनेछ ।

यस प्रतियोगितामा नेपाल दाना उद्योग संघ र अन्तगर्तका दाना उद्योगहरु सहयोगीको रुपमा रहेका छन् ।

दौड प्रतियोगितालाई नेपाल एथ्लेटिक एशोसिएसनले मान्यता दिनुका साथै प्राविधिक सहयोग समेत गरेको एशोसिएसनका अध्यक्ष डा‍. काजीले बताउनु भयाे ।