
काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र चिनियाँ राजदूत छन् सोङबीच भेटवार्ता भएको छ।
बुधबार साँझ बालकोटमा उहाँहरूबीच डेढ घन्टा लामाे छलफल भएको स्राेतले जनाएकाे छ ।
स्राेतले भन्याे, ‘५:३० बजे बालकोट पुगेका चिनियाँ राजदूत सोङले करिब डेढ घन्टा ओलीसँग छलफल गर्नुभएकाे हाे।’
स्राेतका अनुसार उहाँहरूबीच समसमायिक राजनीतिक विषयमा छलफल भएको हाे । स्राेतले भन्याे, ‘राजदूत सोङले सभामुख र राष्ट्रपतिको निर्वाचनबारे पनि ओलीसँग कुरा गर्नुभएकाे छ।’
नेपालका लागि चिनियाँ राजदूत बनेर आएपछि सोङ र ओलीबीच यो पहिलो भेट हो।
प्रतिक्रिया दिनुहोस्