५ जेष्ठ २०८२, सोमबार | Mon May 19 2025


तुम्लिङटारमा ७२ सिट क्षमताको विमान सञ्चालन हुने


221
Shares

काठमाडाैं । संखुवासभाको तुम्लिङटार विमानस्थलमा ७२ यात्रु क्षमता भएको एटीआर–७२ विमान सञ्चालन हुने भएको छ ।

नेपालको सबै भन्दा गहिरो अरुण उपत्यकाभित्र रहेको तुम्लिङटार विमानस्थलमा ७२ यात्रु क्षमता भएको एटीआर–७२ विमान उड्न सक्ने क्षमता भएको हो । नागरिक उड्डयन प्राधिकरणले उक्त विमानस्थलमा गराएको परीक्षण सफल भएपछि बुद्ध एयरलाई काठमाडौं–तुम्लिङटार उडानका लागि अनुमति समेत दिएको छ । नागरिक उड्डयन प्राधिकरणले दुर्गम र पहाडी भेगका विमानस्थलमा ठूला विमानको सेवा विस्तार हुनुले यात्रुलाई ६८ सय रुपैयाँ हवाई भाडामा १५ सयदेखि २ हजार रुपैयाँसम्म टिकट समेत सस्तो पर्ने जनाएकाे छ ।

तुम्लिङटार विमानस्थल पूर्वी पहाडी जिल्ला मध्ये सबै भन्दा राम्रो र ठूलो विमानस्थल मानिन्छ। अरुण र सभा नदीकोबीचमा रहेको तुम्लिङटार विमानस्थल समुन्द्री सतहदेखि १३ सय १६ फिट उचाईमा रहेकाे छ । प्राधिकरणले हालै तुम्लिङटार विमानस्थलको धावन मार्ग सुधार गरेपछि ठूलो एटीआरबाट व्यवसायिक उडानकालागि परीक्षण उडान गराएको थियो । प्राधिकरण अघि बुद्ध २०७८ जेठ २१ गते तुम्लिङटारमा एटीआर–७२ बाट पहिलो पटक परीक्षण उडान गरेको थियो ।

यि दुवैमा ठूलो एटीआरबाट उडान सम्भव देखिएपछि प्राधिकरणले उडान अनुमति दिएको हो । पहिलो चरणमा एटीआर–७२ ले दैनिक एक पटक मात्र उडान गर्ने भएकाे छ । ३ महिनापछि भने बुद्धले दैनिक दुई पटक उडान गर्ने योजना बनाएको छ । मकालु हिमाल आरोहण तथा पदयात्रा प्रवेशद्धारमा रहेको तुम्लिङटारमा यात्रु चाप वृद्धि भएपछि बुद्धले दैनिक ४७ सिट क्षमताको एटीआर–४२ बाट उडान गर्न समेत थालेको थियो ।

बुद्धले ठूलो विमानबाट उडान गर्न थालेपछि तुम्लिङटार र साेही क्षेत्रकाे आसपास, भोजपुर र तेह्रथुम धनकुटासम्मका यात्रुलाई सहज हुने जनाइएकाे छ ।