
काठमाडौं । अर्थविद् स्वणिम वाग्लले बौद्धिक सम्पति संरक्षणको मुद्दालाई आलोचनात्मक दृष्टिले हेर्नुपर्ने बताउनुभएको छ ।
बिहीबार काठमाडौंका बौद्धिक सम्पति संरक्षण समाजले आयोजना गरेको आर्थिक विकास र बौद्धिक सम्पति विषय अन्तरक्रिया कार्यक्रमा बोल्दै बौद्धिक सम्पति संरक्षणको मुद्दा अमेरिकाले बढी प्राथमिकता दिएर उठाएकाले नेपालले आलोचनात्मक दृष्टिले हेर्नुपर्ने बताउनुभएको हो ।
उहाँले बौद्धिक सम्पतिलाई विकसित मुलुकहरुले विश्व व्यापार संगठनको सदस्यमा जबरजस्ति बनाएको बताउनुभयो । उहाँले बौद्धिक सम्पतिलाई विश्व व्यापार संगठनको सदस्यमा राख्दा इन्फोर्स गर्न सजिलो हुने बताउनुभयो ।
वाग्लले बौद्धिक सम्पतिलाई अमेरिकाले तिब्ररुपमा अगाडि बढाएकोमा पश्चिमा मुलुकहरुले नै आलोचनात्मक टिप्पणी गरिरहेको बताउनुभयो । उहाँले अहिले बौद्धिक सम्पतिलाई प्राथमिकता दिएर व्यापार, लगानी र बिफा सम्झौता गरिरहेको बताउनुभयो । उहाँले व्यापार, लगानी र बिफा सम्झौतामा व्यापार र बौद्धिक सम्पति समावेश गर्न हलिउडको मनोरञ्जन उद्योग, औषधि उद्योग र आइसिटि उद्योगको दबाबले गर्दा व्यवसायिक लभिहरु हाबी हुन पुगेको बताउनुभयो ।
उहाँले अल्पविकसित देशका लागि तिब्रगतिमा बौद्धिक सम्पति मुद्दा अगाडि आउँदा आवश्यक हुने/नहुने सुजबुझपूर्ण निर्णयको आवश्यकता देखिएको बताउनुभयो । देशमा न्यायाधीश नै किन्नसक्ने अवस्था रहेको भन्दै त्यस्तो देशको लगानी गर्न कोही पनि नरुचाउने बताउनुभयो ।
उहाँले बौद्धिक सम्पति मात्रै बनाएर अन्य संरचना पङ्गु बनाएको देशमा बौद्धिक सम्पतीको संरक्षणले प्रभावकारी रुपमा काम नगर्ने बताउनुभयो । उहाँले त्यसको लागि लगानी भित्र्याउने र प्रत्याभुति दिने प्रणाली आवश्यक रहेको बताउनुभयो । उहाँले बाबुराम भट्टराई प्रधानमन्त्री भएको बेला (बिआइटी) बिफा सम्झौता गर्न खोज्दा गाली गरेपनि देशको लागि अत्यावश्यक रहेको बताउनुभयो ।
उहाँले विश्वमा पहिलो पटक पाकिस्तान र जर्मनीबीच बिफा सम्झौता गरेको १९५९ मा भएको बताउनुभयो । उहाँले अहिले सबैभन्दा धेरै बिफा सम्झौता गर्ने चीन रहेको बताउनुभयो । उहाँले चीनको जति बिफा सम्झौता गर्ने अन्य कुनैपनि विकसित मुलुक नभएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्