Logo ८ चैत्र २०८२, आइतबार | Mon Mar 23 2026


यौनजन्य कार्यका लागि केटी मिलाईदिने भन्दै हैरानी दिने ६ जना प्रहरीकाे फन्दामा


624
Shares

काठमाडौं । यौनजन्य कार्यका लागि केटी मिलाईदिने भन्दै हैरानी दिने ६ जना ठमेल क्षेत्रबाट पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा धादिङको निलकण्ठ नगरपालिका–२ का २४ वर्षीय नारायण कार्की, नुवाकोटको शिवपुरी गाउँपालिका–८ का २२ वर्षीय विशेष थापा, नुवाकोटकै पन्चकन्या गाउँपालिका–४ का ३१ वर्षीय दिपेश तामाङ, ललितपुरको गोदावरी नगरपालिका–६ का २२ वर्षीय कृष्ण तामाङ, सिन्धुलीको दुधौली नगरपालिका–१० का २८ वर्षीय अर्जुन कटुवाल र बैतडीको पुरचौडी नगरपालिका–७ का २५ वर्षीय यज्ञराज जोशी रहेका छन् ।

डान्सबारमा छिराइदिने र केटी मिलाइदिने भन्दै ठमेल क्षेत्रमा सर्वसाधारणलाई हैरानी दिएकाे आरोपमा उनीहरुलाई पक्राउ गरिउकाे काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएकाे छ ।

उनीहरुले रातिको समयमा ठमेल क्षेत्रका डान्सबार तथा क्लबहरुमा छिराईदिने र यौनजन्य कार्यकालागि ‘केटीहरु मिलाईदिने’ भन्दै हैरानी दिने गुनासो आएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेकाे हाे ।