Logo २९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026


म्यानमारमा गाडी पल्टिँदा ५ जनाको मृत्यु, २३ जना घाइते


39
Shares

एजेन्सी । मध्य म्यानमारको नेपी तावमा शनिबार साँझ ६ पाङ्ग्रे सवारीसाधन पल्टिँदा पाँच महिलाको मृत्यु हुनाका साथै २३ जना घाइते भएका छन् ।

गाडीको दायाँ अगाडिको टायर निस्कँदा कार सडकबाट उछिट्टिएर पुरानो याङ्गुन राजमार्गको नेपी तावस्थित येजिन कृषि विश्वविद्यालय नजिकै पल्टिँदा दुर्घटना सो भएको हो ।

सो दुर्घटनामा पाँच महिलाको घटनास्थलमै मृत्यु भएको प्रहरी अधिकारीले जानकारी दिएका छन् । उक्त कारमा ३० जनाभन्दा बढी सवार रहेको बताइएको छ ।

तात्कोन टाउन दिशाबाट आएको कार प्यानमाना टाउनतर्फ जाँदै गर्दा दुर्घटना भएको हो । घाइते हुनेमा १० पुरुष र १३ महिला रहेका छन् ।

एक उद्धारकर्ताले सिन्ह्वालाई बताएअनुसार घाईते व्यक्तिहरूको चिउँडो, टाउको र छातीमा चोट लागेको छ। तर तिनीहरूको अवस्था भने खतारामुक्त रहेको बताइएको छ ।