३० श्रावण २०८२, शुक्रबार | Fri Aug 15 2025


झापामा जीप दुर्घटनामा एक युवकको मृत्यु, चारजना घाइते


0
Shares

बिर्तामोड, भदौ ११ । झापामा सोमबार बिहान भएको सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ । अरु चारजना घाइते भएका छन् ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत् झिलझिलेमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मे१ज ४५३३ नम्बरको स्कारपियो जीप अनियन्त्रित भइ सडकमा नै पल्टँदा उदयपुर घर भएका २९ वर्षीय सन्दीप कार्कीको मृत्यु भएको हो ।

दुर्घटनामा परी घाइते भएका कार्कीको उपचारकाक्रममा बिर्तामोडस्थित बीएन्डसी अस्पतालमा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

दुर्घटनामा परी घाइते हुनेमा काँकडभिट्टाका राजु बस्नेत, मेचीनगर–१० बस्ने ज्ञानबहादुर बुढाथोकी, कमल गाउँपालिका–५ का गोपी गजुरेल र काँकडभिट्टाका गोपाल पौडेल रहेका छन् ।

घाइतेहरुको बीएन्डसी अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।