
प्रदीप पौडेल (इमेज)
पोखरा, भदौ ११ । आइतबारदेखि बेपत्ता पोखराकी एक किशोरी फेवातालमा मृत भेटिएकी छन् ।
आइतबार दिउँसो ४ बजेतिर घरबाट निस्किएकी पुम्दीभुम्दीस्थित कोदीकी १८ वर्षीया सुस्मिता लामिछाने सोमबार बिहान फेवातालमा मृतावस्थामा भेटिएकी हुन् ।
छोरेपाटन उच्च मावि कक्षा–१० मा अध्ययनरत् लामिछानेको झोला र मोबाइल ड्यामसाइडस्थित फेवाकिनारमा भेटिएको थियो ।
आइतबार राति १२ बजे साथी र नजिकका दाजुलाई ‘म्यासेज’ गरेर उनी बेपत्ता भएको प्रहरीले जनाएको छ ।
फेवाकिनारमा झोला र मोबाइल भेटिएपछि नेपाल प्रहरीको उद्धार टोलीले शव निकालेको हो ।
घटनाबारे अनुसन्धान भइरहेको कास्की प्रहरी प्रवक्ता रवीन्द्रमान गुरुङले जानकारी दिए ।
उनी साथीको घरमा जान्छु भनेर घरबाट निस्किएको परिवारका सदस्यहरुको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्