Logo २९ आश्विन २०८३, बिहिबार | Thu Oct 15 2026


टिपरको ठक्करबाट मृत्यु


0
Shares

नुवाकोट, भदौ ११ । नुवाकोटको ककनी गाउँपालिका–१, महालक्ष्मी, ओखरपौवामा सोमबार बिहान टिपरको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।

काठमाडौंबाट फोहर बोकेर ओखरपौवाको सिसडोलतर्फ आउँदै गरेको बा२ख ६११८ नम्बरको टिपरको ठक्करबाट पैदलयात्री ककनी–१, महालक्ष्मीका ४५ वर्षीय पदम बलामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिए ।

दुर्घटनापछि चालक फरार भएको प्रहरीले जनाएको छ । रासस