 
	    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक स्थिरता, सुशासन, विकास र समृद्धिका दूरगामी यात्रालाई फेरी अघि बढाउने बताउनुभएकाे छ ।
अंग्रेजी नयाँ वर्ष २०२३ को अवसरमा आज आइतबार एक शुभकामना सन्देश जारी गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । नयाँ वर्षको आगमनसँगै मुलुक राष्ट्रिय राजनीतिक दिशा निर्धारण गर्ने प्रयासमा अघि बढेको समेत उहाँले बताउनुभयाे । एमाले देशभक्तिपूर्ण, लोकतान्त्रिक, परिवर्तनकारी, विकासमुखी र समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई पूरा गर्ने जारी सन्देश उल्लेख गर्नुभएकाे छ ।
एमालेले लोकतन्त्रलाई राजनीतिक अधिकारको संकुचित परिभाषाबाट माथि उठाउँदै जनताका सबै आवश्यकता र अधिकार परिपूर्तिको जीवन मूल्य समेटिएको परिपूर्ण लोकतन्त्रका रूपमा व्यवहारमा अनुदित गर्ने उहाँकाे तर्क छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्