
काठमाडौं । काठमाडौंमा जारी नेपाल टी–ट्वान्टी क्रिकेट लिगमा शुक्रबार दुई खेल हुँदैछन् । दुवै खेल कीर्तिपुरस्थित टियु मैदानमा हुनेछ ।
शुक्रबारको पहिलो खेलमा लुम्बिनी अल स्टारले काठमाडौं नाईट्ससँग प्रतिस्पर्धा गर्नेछ । यी दुई टोलीको खेल बिहान ९ बजेबाट सुरू हुनेछ ।
लुम्बिनी पाँचौ जितको खोजीमा रहनेछ भने काठमाडौं चाहिँ तेस्रो जितको खोजीमा रहेको छ ।
लुम्बिनी ४ खेलमा ८ अंकका साथ अंक तालिकाको शीर्ष स्थानमा रहेको छ । काठमाडौं ३ खेलमा ४ अंकका साथ अंक तालिकाको तेस्रो स्थानमा रहेको छ ।
शुक्रबार नै हुने दोस्रो खेलमा फार वेस्ट युनाईटेडले पोखरा एभेन्जर्ससँग प्रतिस्पर्धा गर्नेछ । यी दुई टोलीको खेल दिउँसो १ बजेबाट सुरू हुनेछ ।
फार वेस्ट दोस्रो जितको खोजीमा रहेको छ भने पोखरा पहिलो जितको खोजीमा रहेको छ ।
फार वेस्ट ४ खेलमा २ अंकका साथ अंक तालिकाको पाँचौं स्थानमा रहेको छ । पोखरा ५ खेलमा अंक विहीन रहेर अंक तालिकाको पुछारमा रहेको छ ।
प्रतिक्रिया दिनुहोस्