
काठमाडौं । काठमाडौंमा जारी नेपाल टी–ट्वान्टी क्रिकेट लिगमा बिहीबार दुई खेल हुँदैछन् । दुवै खेल कीर्तिपुरस्थित टियु मैदानमा हुनेछ ।
बिहीबारको पहिलो खेलमा पोखरा एभेन्जर्सले विराटनगर सुपर किंग्ससँग प्रतिस्पर्धा गर्नेछ । यी दुई टोलीको खेल बिहान ९ बजेबाट सुरू हुनेछ ।
पोखरा पहिलो जितको खोजीमा रहनेछ भने विराटनगर चाहिँ दोस्रो जितको खोजीमा रहेको छ ।
पोखरा ४ खेलमा अंक विहीन रहेर अंक तालिकाको पुछारमा रहेको छ । विराटनगर ३ खेलमा २ अंकका साथ चौथो स्थानमा रहेको छ ।
बिहीबार नै हुने दोस्रो खेलमा फार वेस्ट युनाईटेडले जनकपुर रोयल्ससँग प्रतिस्पर्धा गर्नेछ । यी दुई टोलीको खेल दिउँसो १ बजेबाट सुरू हुनेछ ।
जनकपुर तेस्रो जितको खोजीमा रहने छ भने फार वेस्ट दोस्रो जितको खोजीमा रहेको छ ।
जनकपुर ३ खेलमा ४ अंकका साथ अंक तालिकाको तेस्रो स्थानमा रहेको छ । फार वेस्ट ३ खेलमा २ अंकका साथ अंक तालिकाको पाँचौं स्थानमा रहेको छ ।
प्रतिक्रिया दिनुहोस्