Logo १४ बैशाख २०८३, सोमबार | Mon Apr 27 2026


अर्थतन्त्र सुधार्न परिसंघको सुझाव


104
Shares

काठमाडाैं । नेपाल उद्योग परिसंघले नवनियुक्त उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल समक्ष मागमा आएको उच्च संकुचन, उच्च ब्याजदर, लगानी योग्य पूँजीको अभाव जस्ता कारणले उद्योगी व्यवसायीको मनोबल निकै खस्किएको भन्दै मनोबल बढाउन आग्रह गरेको छ ।

परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल नेतृत्वको टोलीले आज मन्त्रालयमा नवनियुक्त मन्त्रीसमक्ष यस्तो आग्रह गरेको हो । अग्रवालले उद्योगी व्यवसायीको घटेको मनोबल उकास्न तत्काल २ प्रतिशतविन्दुसम्म प्रति महिना ब्याजदर घटाउने र चालु पूँजी कर्जा निर्देशिका पुराना ग्राहकहरुका लागि २ वर्षसम्म स्थगित गर्न सके तत्काल सकारात्मक सन्देश संचार हुने बताउनुभयो ।

अध्यक्ष अग्रवालले संकटपूर्ण अवस्थामा रहेको मुलुकको अर्थतन्त्रलाई पुनः गति प्रदान गर्न तत्काल चालिनुपर्ने स्पष्ट कदमसहितको अवधारणापत्र अर्थमन्त्रीसमक्ष पेश गर्नुभयो ।

उद्योगी व्यवसायीको घट्दो मनोबल बढाउन र चुनौतीपूर्ण अवस्थामा रहेको अर्थतन्त्रलाई पुनर्जिवित गर्ने नीति अवलम्बन गर्न परिसंघले आग्रह गरेको हो । परिसंघको बधाई तथा अर्थतन्त्र सुधारका सुझाव ग्रहण गर्नुहुँदै अर्थमन्त्री पौडेलले परिसंघले दिएको ठोस सुझावका लागि धन्यवाद दिनुभयो ।

उहाँले कार्यान्वयन गर्न सकिने सुझाव परिसंघसँग छलफल गर्दै अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । साथै अर्थतन्त्र उकास्न परिसंघसँग सहकार्य गर्ने पनि बताउनुभयो ।