
कञ्चनपुर, भदौ १० । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले कर्फ्यु खुकुलो तुल्याएको छ ।
जनै पूर्णिमालाई लक्षित गरी आज बिहान ५ बजेदेखि १० बजेसम्म हटाएर पुनः लगाएको कर्फ्यु साँझ ६ बजेदेखि राति १० बजेसम्मका लागि हटाएको छ ।
राति १० बजेपछि भोलि बिहान ५ बजेसम्म भने कर्फ्यु लगाइने जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको छ ।
१३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्याको अनुसन्धानमा प्रहरीले लापरवाही गरेको भन्दै स्थानीयले विरोध प्रदर्शन उग्र बनाएपछि स्थानीय प्रशासनले कर्फ्यु लगाउँदै आएको हो ।
कर्फ्युले सबैभन्दा बढी विद्यार्थी र डेरामा बस्नेलाई समस्या भएको भन्दै स्थानीयले कर्फ्यु हटाउन माग गरिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्