Logo १६ असार २०८३, मंगलबार | Tue Jun 30 2026


चलचित्र ‘गोरखा वारियर’को टिजर सार्वजनिक


234
Shares

काठमाडौं । नेपाली चलचित्र ‘गोरखा वारियर’को टिजर सार्वजनिक भएको छ ।

बिहीबार काठमाडौंमा एक कार्यक्रमबीच टिजर सार्वजनिक भएको हो ।

सार्वजनिक १ मिनेट ३ सेकेण्डको टिजरमा नेपालका वीर गोरखाली सैनिकहरुको कथावस्तुलाई समेटिएको छ । वीर गोर्खालीको कथामा निर्माण ‘गोर्खा वारियर’ को निर्देशन मिलन चाम्सको गरेका छन् ।

मेगा प्रोजेक्ट ‘गोर्खा वारियर’ निर्देशनमा निर्माण हुने अन्तर्रास्ट्रिय स्तरको फिल्मको टिजरमा केही हलिउड कलाकारका साथै नेपाली कलाकारहरुको अभिनय छ । त्यस्तै, चलचित्रमा केही प्राविधिकहरु बलिउड र हलिउडका रहेको निर्देशक चाम्सले बताए । उनले गोरखा वारियर चलचित्र मात्र नभइ एउटा इतिहास भएको बताए ।

लण्डन सिने आइ प्रोडक्शनको व्यानरमा निर्माण भएको फिल्मको स्क्रिप्ट प्रदीप भारद्वाजले लेखेका हुन् ।

चलचित्रमा रितेश चाम्स, विजय लामा, रेविका गुरुङ, कविता आले, रियर राई, सुरज तमू, भुवनसिंह राई, त्रिचु राई, दिग्गज खत्री, सरोज खालिङ, आरुष सरु मगर, आशिष गुरुङ,सुमिन गुरुङ, सुशील तामाङ,क्रिस गुरुङ लगायतका कलाकारको अभिनय रहेको छ ।