Logo १० बैशाख २०८३, बिहिबार | Thu Apr 23 2026


नेपाल व्यवसाय शिखर सम्मेलन हुने


130
Shares

काठमाडौं । नेपाल व्यवसाय शिखर सम्मेलन २०२३ आयोजना हुने भएको छ ।

‘वर्तमान आर्थिक परिदृश्य र समृद्धिको मार्गचित्र’ भन्ने मूल नारासहित सातै प्रदेशमा अन्तराष्ट्रिय ढाँचामा शिखर सम्मेलन आयोजना हुन लागेको हो ।

नेपाल सरकार, बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) र नेपाल बिजनेस इन्स्टिच्युटको संयुक्त आयोजनामा हुन लागेको सम्मेलनका लागि बुधबार सिबिफिन र एनबिआईबीच सम्झौता भएको हो ।

आर्थिक एवं बैंकिङ क्षेत्रमाथि केन्द्रित वृहत नीति संवाद क्रमशः आउँदो माघ मसान्तभित्र र संघीयस्तरको शिखर सम्मेलन फागुन मसान्तभित्र गरिने भएको छ ।

सम्मेलनले ठुला उद्योगको संरक्षण, साना, मझौला उद्यमलाई प्रोत्साहनका साथै लगानीका नयाँ क्षेत्रको पहिचानसहित निर्यातमूलक क्षेत्रमा लगानी विस्तार एवं निर्यात प्रवद्र्धन गर्ने उद्देश्य राखेको छ ।